News Agency :: Kathmandu::पुस ४, २०७१-काठमाडौं कुलेश्वरकी २१ वर्षीय एलिसा राजबाहक मोडलिङमा आफ्नो भविष्य खोजी रहेकी छिन् । ५ फिट ४ इन्च अग्ली एलिसा मिजासिली एवं मधुर मुस्कानकी धनी छिन् । आकर्षक पर्सनालिटी र स्वभावका कारण उनलाई सबैले मोडलिङ मै लाग्न प्रेरित गर्दै आएका छन् । एलिसा अहिले कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातक तह अध्ययनरत छिन् । मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत गर्ने रहर रहेको एलिसा बताउँछिन् । 'मोडलिङसँगै कलाकारितामा भविष्य देखेको छु,' एलिसा भन्छिन्, 'यसमा अवश्य सफलता हासिल गर्न सक्छु भन्ने आत्मविश्वास छ ।' त्यसो त कलाकारिता उनका लागि बाल्यकालदेखिकै रुचि हो । सानो छँदा विद्यालयमा अभिनय तथा कलेज प्रोग्राममा गरेको नृत्य स्मरण गर्ने एलिसा सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्छिन् । हाल उनी रोटर्याक क्लब अफ काठमाडौंसँग आबद्ध रहेर विभिन्न सामाजिक कार्यमा तल्लीन छिन् ।
एलिसा :: kathmandu

No comments:
Post a Comment